मोदीको द्रुत गतिको रेल योजना उद्घाटनमै भयो फेल

एजेन्सी |

भारतको सबैभन्दा द्रुत गतिको रेल आफ्नो पहिलो यात्रामा नै असफल भएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले हरियो झन्डा देखाएर उद्घाटन गरेलगत्तै उनको यो महत्वाकांक्षी योजना फेल भएको हो ।

भारतको उत्तर सहर बनारसदेखि नयाँ दिल्लीसम्मको रुटमा चल्न बनाइएको यो रेल बनारस पुगेर फर्किँदै गर्दा चामरोला स्टेसनमा रोकिनु परेको थियो ।

भारतका रेलमन्त्रीले जारी गरेको विज्ञप्तिअनुसार अन्तिम चार कोचसँगको सम्पर्क सहज हुन नसकेपछि रेल केहीबेर रोकेर परीक्षण गरि दिल्ली पुर्याइएको थियो ।

मोदीको यो महत्वाकांक्षी परियोजना थियो । १६० किलोमिटर प्रतिघन्टा चल्न सक्ने यो रेललाई भारतले वन्दे भारत एक्सप्रेस नाम दिएको छ । मोदीको योजना ‘मेक इन इन्डिया’को प्रोडक्टका रुपमा व्यापक चर्चा गरिएको यो रेललाई त्यहाँको सरकारले भारतको शक्तिका रुपमा परिभाषित गर्दै आएको थियो ।

रेलमा ११२८ जनाले एकै पटकमा यात्रा गर्न सक्छन् । नयाँ दिल्लीदेखि बनारससम्मको ४६७ माइलको यात्रा यो रेलले आठ घन्टामा पूरा गर्छ । यही रुटमा चल्ने अन्य रेलका लागि यो दूरी पूरा गर्न ११ घन्टाभन्दा बढी लाग्छ ।

आइतबार पहिलो व्यावसायिक ट्रिप सुरु गरेको यो रेलका लागि दुई हप्ताको टिकट बिक्री भइसकेको रेलवे मन्त्री पियुस गोयलले ट्विटरमार्फत् जानकारी दिएका थिए ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार