एजेन्सी– अमेरिकाले चरमपन्थ संगठन अलकायदाका नेता ओसामा बिन लादेनका छोरा हमजा बिन लादेनको बारेमा सूचना दिनेलाई १० लाख डलर पुरस्कार दिने घोषणा गरेको छ।

अमेरिकी गृह मन्त्रालायले हमजा बिन लादेन अलकायदाको प्रमुख बनेको बीबीसीले जनाएको छ।
पछिल्लो समय, हमजाले कैयौं भिडियोहरु सार्वजनिक गरेका छन्। जसमा उनले आफ्नो बुवाको हत्या गर्ने अमेरिका र उसका पश्चिमा सहयोगीहरुसँग बदला लिनको लागि एक जुट हुन आफ्ना समर्थकहरुलाई आह्वन गरेका छन्।
अमेरिकाले ओसामा बिन लादेनलाई सन् २०११ मा पाकिस्तानको एबटाबादमा मारेको थियो।
हमजा बिन लादेनको उमेर ३० वर्ष रहको बताइएको छ। अमेरिकाले उनलाई दुई बर्ष पहिले नै आतंकवादी घोषणा गरिसकेको छ।
WANTED. Up to $1 million for information on Hamza bin Laden, an emerging al-Qa’ida leader. Hamza is son of Usama bin Laden and has threatened attacks against the United States and allies. Relocation possible. Submit a tip, get paid. https://t.co/LtBVhsrwTc #RFJ pic.twitter.com/gmx5hkoSzQ
— Rewards for Justice (@Rewards4Justice) 28 February 2019
हमजाले मोहम्मद अताकी छोरीसँग विवाह गरेका छन्। मोहम्मद अताले सन् २००१ मा चारवटा कमर्सियल एयरक्राफ्ट मध्ये एकको अपहरण गरी न्यूयोर्कको वल्र्ड ट्रेड सेन्टरमा हमला गरेका थिए।
एबटाबादमा ओसामा बिन लादेनको घरमा केहि चिठी भेटएका थिए। जसबाट हमजालाई ओसामा बिन लादेनको उत्तराधिकारीको रुपमा तयार गरिँदै छ भन्ने पत्ता लागेको थियो।
अमेरिकी गृह मन्त्रालायमा कुटनीतिक सुरक्षाका सहायक सेक्रेटरी मायकल इवेनअफले भने,‘ऊ आफ्गान–पाकिस्तानको सिमामा भएको अनुमान छ। तर ऊ दक्षिण केन्द्रिय एसियामा कहिँपनि हुनसक्छ।’
हमजा बिन लादेनले इरानमा आफ्नी आमासँग लामो समय बसेको बताइएको छ। उनको विवाह पनि त्यहि भएको थियो।
केहि अन्य रिपार्टका अनुसार उनी पाकिस्तान, अफगानिस्तान अथवा सिरियामा पनि हनसक्ने बताइएको छ।
















