मेलबर्न ।

श्रमिकहरुको हकहितको माग गर्दै बुधबार विहान मेलबर्न सहरमा ‘चेन्ज द रुल्स’ नामक बृहत र्याली प्रदर्शन गरिएको छ । प्रदर्शनमा ५० हजार जनाको सहभागिता रहेको आयोजकको दावी छ ।
अस्ट्रेलियन ट्रेड युनियन परिषद्ले तलब र भत्तामा वृद्धि हुनुपर्ने प्रमुख माग राख्दै आयोजना गरेको उक्त प्रदर्शनका कारण सहरका मुख्य सडकहरू अवरुद्ध भएको एसबीएसले लेखेको छ ।
Greens MPs, @AdamBandt and @janet_rice march with protestors at #ChangetheRules #Melbourne #auspol pic.twitter.com/VVTnpdqacQ
— ayden dawkins (@AydenDawkins) 10 April 2019
बिहान १०:३० बजे सुरु भएको उक्त प्रदर्शनीमा भिक्टोरियाका प्रिमियर ड्यानियल एण्ड्रुजलगायत वाम धारका सङ्घीय सांसदहरू एन्ड्रु जाइल्स, जेड कार्नी, केट थ्वेट्स र एडम बाण्टको पनि सहभागिता रहेको थियो ।
कामदारहरूले आफ्नो काम बापत यथोचित पारिश्रमिक तथा भत्ता पाउनु पर्ने भन्दै भिक्टोरियाली प्रिमियरले उक्त र्यालीमा भाग लिएका थिए।
अस्ट्रेलियाका विभिन्न युनियनहरूका अनुसार, लिबरल र नेस्नल पार्टीको गठबन्धन सरकारमा आएपछि अस्ट्रेलियनहरुको जीवनस्तरमा ३० वर्ष यताकै सबैभन्दा बढी गिरावट भएको छ।
र्याली सहरको केन्द्रीय व्यापारिक क्षेत्रमा रहेको ट्रेड्स हलबाट सुरु भइ सप्रिंग स्ट्रिटस्थित राज्यको संसद् भवन पुगेर समापन भएको थियो ।
Time to stamp out job insecurity & low pay.
Time to turf out the conservatives and change the rules.
With #Greens @janet_rice & @adampulford at the huge #ChangeTheRules rally in Melbourne. pic.twitter.com/X01NTfym0O
— Adam Bandt (@AdamBandt) 10 April 2019
















