एजेन्सी ।

अमेरिकाको संबेदनशिल तथा गोप्य दस्ताबेजहरु सार्बजनिक गरेर विवादमा आएका विकिलिक्सका सञ्चालक जुलियन असान्ज पक्राउ परेका छन् ।
उनलाई बेलायतस्थित इक्वेडरको दूतावासबाट प्रहरीले पक्राउ गरेका हुन् । दक्षिण अमेरिकी राष्ट्र इक्वेडरले असान्जलाई शरणार्थीको रुपमा शरण दिंदै आएको र हालै उसले यो मान्यता फुकुवा गरे लगत्तै लण्डन प्रहरीले उनलाई गिरफ्तार गरेको हो ।
४७ वर्षीय असान्जले इक्वेडरको दूताबासमा बिगत सात बर्षदेखि शरण लिंदै आएका थिए ।उनीमाथि यसअघि पनि स्वीडेनमा यौन दुराचारको अभियोग लागेको थियो । पछि स्वीडेनमा यौन दुराचारको अभियोग फिर्ता भएपनि उनी लण्डनस्थित इक्वेडोरको राजदूतावासकै शरणमा रहँदै आएका थिए । असान्जलाई सन् २०१२ को अदालतको आदेशका आधारमा गिरफ्तार गरेको बताइएको छ ।
सन् २०१६ मा भएको अमेरिकी राष्ट्रपतीय निर्वाचनका बेला विकिलिक्समाथि डेमोक्र्याटिक पार्टीकी उम्मेद्वार हिलारी क्लिन्टनसँग सम्वन्धीत इमेलहरु तथा गोप्य दस्ताबेजहरु सार्वजनिक गरेको आरोप लागेको थियो ।
















