कोरोना संक्रमणले २१ बर्षीय स्पेनिस फुटबल प्रशिक्षकको मृत्यु !

– एजेन्सी।

कोरोना संक्रमणले २१ बर्षीय स्पेनिस फुटबल प्रशिक्षक मृत्यु भएको छ । स्पेनिस लिग दोस्रो डिभिजनको टोली एटलेटिको पोर्टाडा अल्टाका प्रशिक्षक फ्रान्सिस्को गार्सियाको कोरोनाको कारण मृत्यु भएको हो ।

अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार ल्युकेमियाबाट पीडित गार्सियालाई कोभिड–१९ को संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना गरिएको थियो । आइतबार उनमा कोभिड–१९ को पुष्टि भएको थियो । लगत्तै मलागास्थित क्षेत्रीय अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालमै उनको मृत्यु भएको जनाउँदै घरेलु क्लबले उनको निधनमा शोक व्यक्त गरेको छ ।

स्थानीय सञ्चारमाध्यमले स्वास्थ्य विज्ञलाई उद्धृत गर्दै ल्युकेमियाका बिरामी भएको कारणले कोभिड–१९ बाट गार्सियाको मृत्यु भएको जनाएको छ । उक्त क्षेत्रमा सबैभन्दा कम उमेरमा कोरोनाको संक्रमणले मृत्यु हुने उनी पाँचौं व्यक्ति हुन् ।

स्पेनमा कोरोना भाइरसको संक्रमणले ३०० जनाको मृत्यु भईसकेको छ भने नौ हजार संक्रमितको पुष्टि भैसकेको छ । विश्वमा कोरोना भाइरसको संक्रमणको पुष्टि भएका बिरामीको संख्या एक लाख ७० हजार पुगेको छ । सात हजार संक्रमितको मृत्यु भैसकेको तथ्यांक छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार