बीबीसी। ‘मलाइ यो सफलता किन मिल्यो भने मैले लडाइँ लडे, म विहार बोर्डका अन्य छात्रालाई भन्न चाहन्छु यदि आफूलाई अन्याय भएको जस्तो लागेको छ भने आफ्नो लागि लडाइँ लड्नु।’

यो भनाइ कक्षा दशकी छात्रा प्रियंका सिंहको हो जसले पुर्नमूल्यांकलागि लामो कानुनी लडाइँ लडेर न्याय पाएकी छन्। पटना उच्च अदालतका न्यायाधीश चक्रधारी शरण सिंहले गत १८ अक्टोबरमा प्रियंकको पक्षमा फैसला सुनाउँदै विहार बोर्डलाई पाँच लाख जरिवाना गर्ने फैसला सुनाएका थिए।
प्रियंकाका वकिल रतन कुमारले भने, ‘अदालतले प्रियंका र उनका परिवारले मानसिक पीडाबाट गुज्रिनु परेको भन्दै विहार बोर्डलाई पाँच लाख जरिवाना गर्ने फैसला गरेको छ र अदालतले पुर्नमूल्याकंनको नियम पनि परिवर्तन गर्न आदेश दिएको छ।’
विहारको सहरसाको डीडी हाइस्कुल सरडीहाकी छात्रा दश कक्षाको परीक्षामा फेल भइन्। प्रियंकाले संस्कृति विषयमा केवल ९ नम्बर ल्याएकी थिइन्। उनले विज्ञानमा ४९ नम्बर ल्याएकी थिइन्। प्रियंकाले आफ्नो रिजल्टमा चित्त नबुझेपछि अदालतसम्म पुगेकी थिइन्।
‘हामी सबै अधिकारीसँग गयौं, तर कसैले पनि हाम्रो समस्या सुनेनन्,’ उनले भनिन्, पुर्नमूल्याकंनकालागि आवेदन दिँए, तर त्यसमा नो चेन्स लेखियो। मैले आफ्ना बुवालाई मनाएर हामी उच्च अदालतको शरणमा पुग्यौं। उच्च अदालतको पहिलो सुनुवाई अगस्त भयो। सबैभन्दा पहिला हामीले कापी माग्यौं। कापी हेर्दा मेरो होश नै उठ्यो किनभने त्यो मैले लेखेको कापी थिएन्।’
कानुनी संघर्ष

सिमरी बख्तियारपुरकी सिटानाबाद पंचायतका गंगाप्रसाद टोलाकी प्रियंकाले त्यसपछि आफ्नो ह्याण्ड राइटिङको नमुना अदालतमा दिइन, त्यसपछि के थाहा भयो भने बोर्डले अदालतमा पेश गरेको कापी प्रियंकाको होइन। त्यसपछि विहार बोर्डले यो विषयमा जाँच गर्न उच्चस्तरीय समिति गठन गर्यो।
प्रियंकाका बुवा राजीव सिंह पेशाले शिक्षक हुन्। ‘बोर्ड परीक्षा अदालतमा पेश गर्न हामीले चालिस हजार रुपैयाँ जम्मा गर्न भनिएको थियो साथै, शर्त पनि राखिएको थियो यदि हाम्रो दाबी गलत सावित भयो जम्मा गरेको पैसा फिर्ता हुँदैन,’ उनले भने, ‘ तपाइँ अनुमान गर्न सक्नुहुन्छ, हामी जस्तो गरिब परिवारकालागि यो कत्ति मुस्किल क्षण थियो।’ यो विषयमा उच्च अदालतको आदेश आइसकेपछि विहार बोर्ड दबाबमा छ। यद्यपी बोर्ड कापीको बारकोडिङमा कुनै गडबडी नभएको अडानमा छ।
















