अष्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीको जिम्मा नलिने

सिड्नी ।

अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले अन्तर्राष्ट्रिय विद्यार्थीलाई घर फर्किन सुझाएका छन् । कोरोना भाइरस (कोभिड– १९)को सङ्क्रमणका सम्बन्धमा सरकारको कदमबारे जानकारी दिने उद्देश्यले आयोजना गरिएको नियमित पत्रकार सम्मलेनमा उनले यस्तो कुरा बताएका हुन् ।

मोरिसनले भाइरसको सङ्क्रमणका कारण आर्थिक रूपमा असहज परिस्थिति भएका विद्यार्थीहरु आफ्नै देशमा फर्किएर जाँदा नै राम्रो हुने उनले बताए । अन्य अस्थायी भिसाका सम्बन्धमा अध्यागमन मन्त्रीले हेर्ने भए पनि उनी आफैले उक्त कुरा बताएका हुन् ।

विद्यार्थीहरुप्रति क्रुर बन्दै मोरिसनले पढ्न आएको पहिलो एक वर्ष भित्रमा आर्थिक रूपमा अष्ट्रेलिया बस्न असहज भयो भन्नु उचित नभएको उनको भनाई छ । विद्यार्थी भिसाको लागि आवेदन दिँदा उनीहरूले पहिलो वर्ष भरिको बसाइमा आर्थिक रूपमा आफूलाई सक्षम रहेको देखाउनु पर्ने नियम हुने भन्दै उनले भनेका छन् ‘अन्तर्राष्ट्रिय विद्यार्थीहरू जो अष्ट्रेलिया आएका छन् | उनीहरूले यहाँ बसाइको पहिलो १२ महिनासम्म आफूलाई आर्थिक रूपमा सहायता गर्न सक्ने देखाउनुपर्छ। त्यो उनीहरूको भिसामा आवश्यक हुन्छ।त्यसैले त्यो सरकारको तर्फबाट गरिएको अनुचित अपेक्षा होइन।’

त्यस्तै, अन्य अस्थायी भिसा रहेकाहरुलाई पनि आफ्नै देश फर्कन उनले सुझाव दिएका छन् । अस्थायी भिसा भएकाहरुको जिम्मेवारी सरकारले लिन नसक्ने उनको भनाई छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार