उपचारमा खटिएकी एक अमेरिकन नर्सले पिपिई नपाएपछि राजीनामा दिँदै भनेकी छन्,‘ परिवारको सुरक्षाको लागि जागिर छोडेकी हुँ,

चीनको वुहानबाट फैलिएको कोरोना भाइरसले विश्वलाई नै आतंकित बनाएको छ । कोरोना भाइरसका कारण हालसम्म ५९ हजारभन्दा बढीको ज्यान गएको छ भने संक्रमितको संख्या ११ लाख १८ हजारभन्दा बढी पुगिसकेकाे छ ।

कोरोना भाइरस विश्वकै चुनौतीको रुपमा उभिएको अवस्थामा विभिन्न मुलुकले कोरोना विरुद्धको औषधि निर्माण गरेको दाबी गरेका छन् । तर पनि कोरोना निर्मुल गर्ने कुनै पनि औषधि बनेको भने पाइएको छैन । कोरोनाको उद्गम स्थल मानिएको मुलुक चीनमा कोरोना भाइरस शतप्रतिशत नियन्त्रणमा आउनसकेको छैन । तर पनि चीनले कोरोना भाइरस धेरै नियन्त्रणमा ल्याउन सफल भएको छ ।

चीनमा पछिल्लो केही समययता नयाँ संक्रमितको संख्या एकदमै कम रहेको तथ्याङ्‍कमा देखिन्छ । पछिल्लो समय कोरोना भाइरसको मुख्य केन्द्र बनेको संयुक्त राज्य अमेरिकामा भने कोरोना भाइरसको नयाँ संक्रमितको संख्याका साथै यसबाट मृत्यु हुनेको संख्या तीब्र रुपमा फैलिरहेको अवस्था छ । अमेरिकाले पनि केही समयअघि कोरोना भाइरस विरुद्धको औषधि निर्माण गरेको दाबी गरेको थिायो ।

अमेरिकामा २ लाख ७७ हजार भन्दा बढी कोरोना संक्रमित फेला फरेका छन् । अमेरिकामा कोरोना भाइरस नियन्त्रण गर्न हजारौँ स्वास्थकर्मी खटिएका छन् । हजारौँ खंख्यामा गम्भीर अवस्थामा रहेका मानिसको ज्यान बचाउन डाक्टर तथा नर्सहरू अहिले खटाइएको छ । यही अवस्थामा खटिएकी एक नर्सले पिपिई नपाएको भन्दै जागिरबाट राजिनामा दिएकी छन् ।

कोरोना संक्रमित बिरामीको उपचारको क्रममा पनि म्यानेजरले मास्क लगाउन नदिएको भन्दै निरन्तर काममा खटिरहेकी इमारिस भेरा नाम गरेकी एक नर्सले राजिनामा दिएकी छन् । उनी आँफैले लगाउन किनेको ९५ वटा मास्क भएपनि काम गर्ने क्रममा म्यानेजरले मास्क लगाउन अनुमति नदिएकाले जाजिरबाट राजिनामा दिएको इन्स्टाग्राममा भिडियो हालेकी छन् ।

स्वास्थ्यकर्मीलाई मास्क, पञ्जाजस्ता आधारभूत सामग्रीको पर्खाइका कारण अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या तीव्र रुपमा बढेकाे समेत उनले खुलाएकी छन् । नर्स भेराले भनेकी छन् – ‘मास्क मात्रै लगाएर पनि कोरोना भाइरसको संक्रमणबाट ९५ प्रतिशत सुरक्षित हुन्छ । तर, कोरोना भाइरस सङ्‍क्रमितको उपचारका क्रममा मास्क लगाउन उनका मेनेजरले स्वीकृति दिएका छैनन् ।’

उनी ट्रमा, पोस्ट अप्रेसन, कार्डिक, मेडिकल, सर्जिकललगायत फिल्डमा तीन वर्षभन्दा लामो समय काम गरेकी अनुभवी नर्स हुन् । राजिनामा पश्चात उनले आफू अब परिवारसँगै बस्ने निर्णयमा पुगेकाे बताइन् । उनले भिडियो मार्फत भनेकी छन्, – ‘मैले परिवारको सुरक्षाको लागि जागिर छोडेकी हुँ, आफ्नो जीवनलाई जोखिम राखेर अरूको उपचार गर्न सकिँदैन।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार