२९ जना स्वास्थ्यकर्मी कोरोना संक्रमित भएपछि अस्पताल बन्द

एजेन्सी |

मुम्बईकाे एक अस्पतालका २९ जना स्वास्थ्यकर्मी एकै साथ काेराेना संक्रमित भएपछि उक्त अस्पताल बन्द गरिएकाे छ । मुम्बईको वोकहार्ट अस्पतालमा कार्यरत २६ नर्स र तीन चिकित्सकलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएपछि अस्पताल अस्थायी रुपमा बन्द गरिएको हाे ।

मुम्बईका सरकारी अधिकारीका अनुसार एकै अस्पतालमा यति तीव्र रुपमा २९ स्वास्थ्यकर्मीलाई कसरी कोरोना देखियो भन्‍ने विषयमा अनुसन्धान गर्न छानबिन टोलीलाई निर्देशन दिइएको छ ।

उक्त अस्पतालभित्र जान र भित्रका लागि बाहिर जान दिइएको छैन । उक्त अस्पतालमा भर्ना गरिएका बिरामीहरुलाई भने दुईपटक कोरोना जाँच गर्दा नेगेटिभ देखिएको थियो । उक्त अस्पतालका २७० बिरामी र नर्सहरुको कोरोना परीक्षण गरिएको छ ।

उक्त अस्पतालका सम्पूर्ण आपतकालीन र ओपीडी सेवाहरु बन्द गरिएका छन् । अस्पतालको क्यान्टिन खुला छ भने सोही क्यान्टिनबाट अस्पतालभित्र रहेका चिकित्सक र नर्सहरुलाई खाना खुवाउने काम भइरहेको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार