लन्डन|

बेलायतमा कोरोना भाइरसबाट एकै दिन ७ सय ८६ जनाको मृत्यु भएको छ।
यससँगै मृत्यु हुनेको संख्या ६ हजार १ सय ५९ पुगेको छ।
संक्रमितको संख्या ५५ हजार २ सय ४२ पुगेको छ।
प्रधानमन्त्री बोरिस जोनसन आफैँ कोरोना संक्रमित भएर अस्पतालको आईसीयूमा छन्।
उनको अवस्था अहिले स्थिर रहेको बताइएको छ।
आइतबार लन्डनस्थित सेन्ट टमस अस्पताल भर्ना भएका उनलाई स्वास्थ्य अवस्था खराब भएपछि सोमबार साँझ आईसीयूमा सारिएको थियो।
५५ वर्षीय जोनसनलाई राति अक्सिजन दिइएको तर भेन्टिलेटरमा नराखिएको प्रधानमन्त्री कार्यालयका प्रवक्ताले जनाएका छन्।
















