छोराबुहारीलाई भेट्न बेलायत आएका एक नेपालीको मृत्यु

वीनेपाली , लण्डन ।

पारिवारिक भेटघाटका लागि युके आएका एक नेपालीको लण्डनमा मृत्यु भएको छ ।

स्रोतका अनुसार उनको लण्डनस्थित नर्थविक पार्क अस्पतालमा बुधबार निधन भएको हो ।

कोरोना संक्रमणका कारण उनको निधन भएको आशंका गरिएको छ । उनको परिचय खुल्न बाँकी छ ।

करिब ७० वर्ष उमेरका उनी श्रीमतीसहित युके आएका थिए । उनी युकेमा छोराबुहारीका साथमा बस्दै आएका थिए ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार