एजेन्सी।

जर्मन चान्सलर एन्जेला मर्केलले अहिले कोरोनाभाइरसका कारण निकै त्रसित भए पनि विस्तारै देशमा कोरोनाभाइरस संक्रमणमा नियन्त्रण आउनेजस्तो देखिन थालेको बताएकी छिन् ।
जर्मनीमा पछिल्लो २४ घन्टामा ४९७४ जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ । योसँगै जर्मनीमा अहिलेसम्म कोरोनाभाइरस संक्रमितको संख्या १०८२०२ पुगेको छ । अनि त्यहाँ कोरोनाभाइरसका कारण २१०७ जनाको निधन भएको छ ।
‘पछिल्लो समय आएको संख्याले हामीलाई आशावादी बनाउँछ,’ उनले भनेकी छिन्, ‘अब यो विस्तारै कम हुँदै जान थालेको छ । हामी यसबारे खुसी हुनसक्छौँ ।’
यसअघि उनले जर्मन नागरिकहरुले सरकारलाई साथ दिनु पर्ने आह्वान गरेकी थिइन् ।
















