एजेन्सी ।

दक्षिण अफ्रिकाको केप टाउन सहरका केही क्षेत्रमा दशकौंदेखि द्वन्द्व चर्किरहेको छ । त्यहाँ वर्षौदेखि आपराधिक गिरोहको बर्चस्व रहेको र बेला बेलामा जघन्य अपराधका घटनाहरु पनि बाहिर आइरहेका हुन्छन् । तर पछिल्ला केही महिनायता त्यहाँको वातावरण भिन्न देख्न सकिन्छ ।
अहिले विश्वभर आएको कोरोना महामारीका कारण त्यहाँका कुख्यात अपराधीहरु पनि मानवीय सहयोगको अभियानमा जुट्न थालेका छन् । त्यहाँका कुख्यात आपराधिक गिरोहका सदस्यहरु अहिले आपसी विवादलाई बिर्सेर गरिबहरुलाई खाना र औषधी बाँड्ने अभियानमा जुटिरहेका छन् । उनीहरुले आफ्ना नेटवर्कहरुलाई मानवीय सहयोगका लागि प्रयोग गर्न थालेका छन् ।
कोराना त्रासदीका बीचमा अहिले त्यहाँ सरकारले लकडाउनको घोषणा गरेको छ । लकडाउनका कारण गरिबहरु अभावमा तड्पिरहेका छन् । गरिबहरुको उक्त पीडामा साथ दिन अहिले त्यहाँका कुख्यात आपराधिक गिरोहका सदस्यहरु पनि जुटिरहेको देख्न सकिने भन्दै बीबीसीले समाचार लेखेको छ ।
















