स्पेन।

संसारभर कोरोना संक्रमण र त्यसको रोकथाममा खटिएका अग्रपंतिका स्वास्थ्यकर्मीहरु र सुरक्षाकर्मीहरु नै त्यसको सबैभन्दा जोखिममा परेका छन्। हेरक देशमा स्वास्थ्यकर्मीहरु नै संक्रमित भएका र ज्यान गुमाएका खबरहरु संसारभरबाट आईरहेका छन्।
स्पेनमा कोरोना संक्रमितहरुको उपचारम फ्रन्टलाइनमा खटिदा आफै संक्रमित भएर ज्यान गुमाएका एक नर्सलाई अन्तिम बिदाई गर्दा सहकर्मी स्वास्थ्यकर्मीहरुले आफुलाई सम्हाल्न सकेनन् र धुरुधुरु रोए।

म्याड्रिड नजिकै लेगानेसमा रहेको एक अस्पतालमा एस्तेवान नाम गरेका एक पुरुष नर्सले कोरोना संक्रमणबाट ज्यान गुमाएपछि भावविव्हल भएका सहकर्मीहरुले अन्तिम बिदाइमा देखिएका क्षणहरुले सबैलाई रुवाएको छ।




















