एजेन्सी |

बेलायती प्रधानमन्त्री बोरिस जोनसन अस्पतालबाट डिस्चार्ज भएका छन् । उनलाई कोरोनाभइरस संक्रमण भएको पुष्टि भएपछि केही दिनअघि अस्पतालमा भर्ना गरिएको थियो ।
बाहिर निस्किनासाथ उनले आफ्नो उपचार गर्ने सबै स्वास्थ्यकर्मी र स्वास्थ्यको कामना गर्ने सबैलाई धन्यावाद दिए ।
केही दिनअघि त उनलाई लन्डनस्थित अस्पतालको सघन उपचार कक्ष (आइसियू)मा राखिएको थियो । तर, त्यहाँ उनलाई भेन्टिलेटरमा चाहिँ राखिएन ।
गत आइतबार अस्पताल भर्ना भएका बोरिसको स्वास्थ्यमा सुधार भएपछि उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको बिबिसीले जनाएको छ । उनी अब प्रधानमन्त्री निवासमा रहनेछन् ।
तर, उनको शरीरमा पछिल्लो समय कोरोनाभाइरस संक्रमण देखिए वा नदेखिएबारे केही बताइएको छैन ।
















