लकडाउन उल्लङ्घन गर्नेले प्रहरीको हात च्वाटै छिनायो

काठमाडौं ।

पंजावको पटियाला जिल्लाको सब्जी बजारमा एक समूहले प्रहरीमाथि आक्रमण गर्दा एक प्रहरी अधिकारीको हात च्वाटै छिनिएको छ । अन्य दुई जना अधिकार गम्भिर घाइते भएका छन् । हात काटिनेमा प्रहरी नायव निरीक्षक हरजित सिंह रहेका छन् । सिंहको एक अस्पतालमा उपचार भईरहेको छ ।

भारतमा कारोना भाइरस संक्रमण बढदै गएपछि प्रहरीले लकडाउन सुनिश्चित गर्न खोज्दा आक्रमणकारीले धारिलो हतियार प्रयोग गरि प्रहरी माथि आक्रमण गरेका थिए । पंजावमा विदेशमा रहेका हजारौं मानिस फर्किएपछि लकडाउन मे १ सम्म लम्ब्याइएको छ ।

पंजावका प्रहरी प्रमुख दिनकर गुप्ताका अनुसार त्यहाँ निहाङ धार्मिक समुदायको गाडीले बिहान ६ बजेतिर सब्जी बजारको प्रहरी छेकबारलाई हटाउँदै हिडेको थियो । त्यस्तो अवस्थामा प्रहरीले रोकेर कर्फ्यु पास हेनृ अनुरोध गर्दा आक्रमण प्रयास गरेका थिए ।

आक्रमणकारीहरु निहाङ गुरुद्वार साइटमा भागेपछि प्रहरीले बिशेष अप्रेसन गर्दै आत्मसमपर्ण गर्न लगाएका थिए । प्रहरी प्रमुख गुप्ताले भने दुई घण्टा अघि पनि गुरुद्वारबाट बाहिर निस्किएपछि स्थानिय सरपंजको नेतृत्वमा मध्यस्तकर्ताको टाली गुरुद्वारमा प्रवेश गरेको थियो । त्यसको आधा घण्टापछि ती अपराधीहरुले आत्मसमपर्ण गरेका थिए । निस्किदा उनीहरु तरवार छुरी लिएर बाहिर निस्किएका थिए र प्रहरी माथि हतियार चलाएका थिए ।

प्रहरी अधिकारीहरुले आक्रमणमा संलग्न ९ जनालाई पक्राउ गरिएको जनाएकोे छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार