टर्कीमा कोरोना संक्रमणबाट तीन कैदीको मृत्यु

स्तानबुल ।

टर्कीमा नोभेल कोरोना भाइरसको संक्रमणका कारण तीनजना कैदीको मृत्यु भएको छ ।

टर्कीका न्याय मन्त्री अब्दुल्हामित गुलले सोमबार टर्कीको जेलमा कोरोना संक्रमणका कारण तीन कैदीको मृत्यु भएको पुष्टि गरेका हुन् ।

उनले भने, “देशभरका विभिन्‍न पाँचवटा जेलमा १७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये तीनजनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो ।”

टर्कीमा हालसम्म कोरोना संक्रमितको संख्या ५७ हजार पुगेको छ भने १२ सयको मृत्यु भएको टर्किस स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार