निको भए बेलायतका प्रधानमन्त्री बोरिस , देखियो कोरोना नेगेटिभ !

लन्डन ।

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई अस्पतालबाट फर्किनुअघि कोरोना भाइरस नेगेटिभ देखिएको छ ।

१० डाउनिङ स्ट्रिटका प्रवक्ताले सोमबार प्रधानमन्त्री जोन्सनलाई अस्पतालबाट डिस्चार्ज गर्नुअघि गरिएको परीक्षणका क्रममा कोरोना नेगेटिभ देखिएको बताएका हुन् । सोमबार अन्य कुनै स्वास्थ्य अवस्थाको जानकारी नदिइए पनि उनी तत्काल काममा नफर्किने बताइएको छ ।

५ अप्रिलमा लन्डनस्थित सेन्ट थोमस अस्पतालमा भर्ना भएका प्रधानमन्त्री जोन्सन १२ अप्रिलमा अस्पतालबाट डिस्चार्ज भएका थिए । प्रधानमन्त्री जोन्सनले अस्पतालबाट डिस्चार्ज भएपछि नर्सलाई विशेष धन्यवाद दिएका थिए ।

जोन्सलाई २७ मार्चमा कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोनाका लक्षणहरु थप खराब हुँदै गएपछि ६ अप्रिलमा उनलाई आईसीयूमा भर्ना गरिएको थियो ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार