लण्डनमा अर्का भूपू गोर्खा सैनिक लक्ष्मण श्रेष्ठको कोरोना संक्रमणबाट निधन

लण्डन।

लण्डनमा अर्का एक भूपू गोर्खाको सैनिकको कोरोना भाइरस संक्रमणबाट निधन भएको छ।

पश्चिम नेपाल स्याङ्जामा जन्मिएका पोखरा लेकसाइड ठाडा पसलका र हाल लन्डनमा स्थायी बसोबास गर्दै आएका पूर्व गोर्खा शैनिक लक्ष्मण श्रेष्ठको मृत्यु भएको कुरा सामाजिक अभियन्ता बोज राज बरालले पुष्टी गरेका छन् ।

श्रेष्ठ कोरोना संक्रमित भएपछि गत दुई सातादेखि लन्डन स्थित गाइज हस्पिटलमा उपचार गराईराखेका थिए। उपचारकै क्रममा कोरोना भाइरससंग जुध्दाजुध्दै अस्पतालमा उनको निधन भएको हो।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार