एजेन्सी।

विश्वमा कोरोना भाइरस संक्रमितको संख्या २० नाघेको छ। यसमध्ये ६ लाख भन्दा धेरै संक्रमितको संख्या अमेरिकामै छ।
अमेरिकी विश्वविद्यालय जन हपिङ्कस यूनिभर्सिटीको कोरोना ड्यासबोर्डका अनुसार अमेरिकामा संक्रमितको संख्या ६ लाख ९ हजारभन्दा धेरै छ।
स्पेन पनि कोरोनाको चपेटामा छ। स्पेनमा एक लाख ७७ हजारभन्दा धेरै मान्छे संक्रमित छन्।
जबकि इटलीमा संक्रमितको संख्या एक लाख ६२ हजारभन्दा धेरै छ।
विश्वमा कोरोनाका कारण एक लाख २८ हजारभन्दा धेरैको ज्यान गइसकेको छ।
अमेरिकामा कोरोनाबाट हालसम्म २६ हजारभन्दा धेरेको ज्यान गइसकेको छ, भने इटलीमा २१ हजार बढी। यसैगरी स्पेनमा १८ हजार ५ सय ७९ को ज्यान गइसकेको छ।
















