फुटबल खेलाडीले आफ्नो ५ बर्षे छोरालाई कोरोना संक्रमण भएपछि गरे हत्या !

लिस्बन।

एक जना चर्चित फुटबल खेलाडीले आफ्नो ५ बर्षे छोरालाई कोरोना संक्रमण भएपछि हत्या गरेका छन्।

उनले सन्तानलाई अस्पतालमै मुख छोपेर निस्सासिएर हत्या गरेका छन्।

टर्कीका फुटबल खेलाडीले भने, ” जन्मेदेखि नै म’ मा सन्तानको चाहना थिएन, त्यसैले हत्या गरे। ”

बुर्सा यिल्दिरिम स्पुरका चर्चित फुटबल खेलाडी चेव्हेर तोक्तासले आफ्नो सन्तानको हत्यापछि आफैले प्रहरी समक्ष आत्मसमर्पण गरेका हुन्।

प्रहरीसंग कुरा गर्दै उनले भने, म’ मा सन्तानको चाहना नै थिएन, तर सन्तान जन्मियो, त्यसैले हत्या गर्ने निर्णयमा पुगे। मेरो मानसिक अवस्था ठिक छ , मलाई थाहा छ अब मलाई जन्मकैद हुनेछ, तर मसंग कुनै अन्य उपाय नै भएन। ”

उनका सन्तानमा कोरोना संक्रमण देखिएपछि बुवा छोरा दुबैलाई अस्पतालमा आइसोलेशनमा राखिएको थियो, जना उनले आफ्नो ५ बर्षे छोरालाई शिरानिले छोपेर निस्सासिएर हत्त्या गरे।

बालकको मृत्यु भएको दश दिनपछि मात्रै उनका पिताले आफै प्रहरी समक्ष आत्मसमर्पण गरेर आफ़ैले सन्तानको हत्या गरेको रहस्य खोलेका थिए।

उनले प्रहरीलाई अगाडी भने ” मैले आफ्नै सन्तानको मुख सिरानीले छोपेर हत्या गरे, उसले छट्पटाउदै १५ मिनेट जति संघर्ष गर्यो , जब उ चल्न छोड्यो, अनि मैले सिरानी हटाए, तबसम्म उसको मृत्यु भईसकेको थियो। ”

अहिले उनि हत्या अभियोगमा प्रहरी हिरासतमा छन्।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार