एजेन्सी ।

उत्तरी भारतको दुई राज्यमा चट्याङ परेर १०७ जनाको मृत्यु भएको छ । चट्याङ लागेर बिहारमा ८३ र उत्तर प्रदेशमा २४ जनाको मृत्यु भएको अधिकारीहरुलाई उधृत गर्दै बीबीसीले जनाएको छ ।
भारतको आपतकालीन प्रबन्धन विभागको अनुसार बिहीबार साँझ साढे ६ बजे परेको चट्याङ लागेर १०७ जनाको ज्यान गएको हो । चट्याङ लागेर कैयौँ घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
बिहारको २३ जिल्लामा चट्याङ परेको छ भने उत्तर प्रदेशको पूर्ण विवरण आइनसकेको जनाइएको छ । बिहारमा सबैभन्दा धेरै गोपालगञ्जमा १३ जनाको ज्यान गएको छ भन् मधुबनी र नबादामा आठ–आठ जनाको ज्यान गएको छ ।
घटनाप्रति दुःख व्यक्त गर्दै बिहारमा मुख्यमन्त्री नीतिशकुमारले मृतकका परिवारलाई चार÷चार लाख रुपियाँको राहत घोषणा गरेका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि घटनाप्रति दुःख व्यक्त गरेका छन् ।
बिहार और उत्तर प्रदेश के कुछ जिलों में भारी बारिश और आकाशीय बिजली गिरने से कई लोगों के निधन का दुखद समाचार मिला। राज्य सरकारें तत्परता के साथ राहत कार्यों में जुटी हैं। इस आपदा में जिन लोगों को अपनी जान गंवानी पड़ी है, उनके परिजनों के प्रति मैं अपनी संवेदना प्रकट करता हूं।
— Narendra Modi (@narendramodi) June 25, 2020
















