चीनको सिञ्जियाङ प्रान्तमा कोरोना संक्रमित भेटिए, ६ सय बढी उडान रद्द

एजेन्सी ।

कोरोनाको उद्गम मुलुक चीनको सिञ्जियाङ प्रान्तमा कोरोना भाइरसको संक्रमण पाइएपछि करिब ६ सय भन्दा बढी उडान रद्द गरिएको छ ।

सिञ्जियाङ प्रान्तको राजधानी उरुममा कोरोना भाइरसको संक्रमण पाइएपछि राष्ट्रिय अन्तर्राष्ट्रिय उडान रद्द गरिएका हो ।

बिहीबार २४ बर्षीया एक महिलामा गरिएको परीक्षण पोजिटिभ पाइएको थियो । उनीमा कोरोनाको लक्षण देखिएपछि गरिएको परीक्षणमा पोजिटिभ पाइएको हो ।

यसअघि उनका तीन नजिकका व्यक्तिहरुमा कोरोना पोजिटिभ पाइएको थियो । तर उनीहरुमा कुनै लक्षण समेत देखिएको थिएन ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार