न्युयोर्क ।

कोरोना भाइरसको संक्रमणबाट विश्वमा ठूलो असर पुग्न गएको छ । यस भाइरसका कारणले लाखौं मानिसले ज्यान गुमाएका छन् ।
चीनको हुवेई प्रान्तस्थित वुहान शहरबाट फैलिन सुरु भएको मानिने कोरोना भाइरस विश्वका केही मात्र राष्ट्र छाडेर सबै देशहरुमा फैलिएको छ ।
यो समाचार तयार पार्दासम्म विश्वमा ४ करोड ४२ लाख ३४ हजार १८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
११ लाख ७१ हजार २६० जनाले यस भाइरसको संक्रमणबाट ज्यान गुमाएका छन् ।
विश्वका ३ करोड २४ लाख ४१ हजार ९५९ संक्रमित निको भएका छन् ।
यसैगरी विश्वमा सबैभन्दा बढी संक्रमण देखिने तथा प्रभावित बनेको राष्ट्र अमेरिका हो । अमेरिकामा पछिल्लो २४ घण्टामा ७४ हजार ९९३ जनामा कोरोना पुष्टि भएको छ ।
हालसम्म ९० लाख ३७ हजार ९५१ जनामा कोरोनाले संक्रमण गराएको छ । २ लाख ३२ हजार ८५ जनाले ज्यान गुमाएका छन् ।
यस्तै ५८ लाख ७७ हजार ७०५ संक्रमित निको भएका छन् ।
















