नयाँ दिल्ली।

भारतको मध्ये प्रदेशमा एक जना श्रीमानले आफ्नो नविवाहित श्रीमतीको हत्या गरेका छन् । लकडाउनको समयमा उनीहरुबीच प्रेम भएको थियो । अगस्ट महिनामा उनीहरुले विवाह गरेका थिए ।
अक्टोबर महिनामा उनीहरुबीचको विवाद यतिसम्म बढ्यो कि श्रीमानले श्रीमतीको हत्या नै गरिदिए । श्रीमतीको हत्या गरेपछि श्रीमान आत्मसमर्पण गर्न प्रहरी चौकी पुगेका थिए ।
यो घटना इन्दोरको हो । संयोगितागन्ज प्रहरी चौकीमा उक्त केश दर्ता भएको हो । रिपोर्टका अनुसार पतिले कुकुरलाई बाँध्ने चेनले श्रीमतीको हत्या गर्ने प्रयास गरेका थिए ।
चेनले हत्या गर्न असफल भएपछि पतिले भान्छाबाट चक्कु निकालेर श्रीमतीको हत्या गरेको मिडिया रिपोर्टमा उल्लेख छ । उनले आफ्नी २२ वर्षिया श्रीमतीको हत्या गरेका हुन् ।
हत्या भएकी युवती अंशुको परिवारले हत्याका आरोपी परिवारमाथि प्रहरीले कारबाही प्रक्रिया ठीकसँग अगाडि नबढाएको आरोप लगाएका छन् ।
पति हर्ष शर्माले एक कम्पनीमा काम गर्दै आइरहेका थिए ।
यही दौरान उनीहरुबीच प्रेम भएको थियो । दुवैले मन्दिरमा विवाह गरेका थिए । तर, समय बित्दै गर्दा उनीहरुबीचको झगडाले उग्र रुप लिएको थियो जसमा श्रीमतीको ज्यान नै गएको छ ।
















