उड्न लागेको बिमानको पखेटामा युवक चढेको देखिएपछि … (भिडियो)

काठमाडौँ ।

पछिल्लो समय एक विमानमा भएको घटना निकै चर्चामा आएको छ । उड्न लागेको विमानमा एक यात्रुले गरेको हर्कत देखेर सबै अचम्म परेका छन् । यो घटना म्याकक्यारन अन्तर्राष्ट्रिय विमानस्थलको हो ।

लास भेगसदेखि पोर्टल्याण्डको यात्रामा निस्किएको १३६७ फ्लाइट म्याकक्यारन विमानस्थलबाट उड्ने तयारी गरिरहेको थियो । त्यसै समय विमानमा एक व्यक्तिको अनौठो हर्कत पाइलटले देखे । विमान उड्ने तयारीमा रहदा ति ब्यक्ति विमानको पखेटामा बसेका थिए ।

बोइङ ७३७ को विङ्गलेट (विमानको पुछारमा माथितिर चुच्चो परेको उठेको भाग) चढ्नका लागि उनले आफ्नो जुत्ता र मोजा फुकाले लगत्तै सुरक्षाकर्मीले समात्यो ।

भिडियोमा पनि ती व्यक्ति विमानको पखेटामा बसेको देखिन्छ । प्रहरी देखेपछि ती व्यक्ति तल झर्ने कोसिस गरेँको देखिन्छ । उनी तल झरेपछि प्रहरीले नियन्त्रणमा लिइन्छ । पक्राउ परेका ती युवकमाथि अनुसनधान अगाडी बढाइएको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार