इटालीमा क्रिसमस र नयाँ वर्षमा देशभर लकडाउन

रोम ।

इटालीमा क्रिसमस र नयाँ वर्षमा देशव्यापी लकडाउन गरिने भएको छ ।इटाली सरकारले कोरोना भाइरसको बढ्दो संक्रमण नियन्त्रणका लागि क्रिसमस र नयाँ वर्षमा देशव्यापी लकडाउन गर्न आदेश दिएको छ । विज्ञहरूले क्रिसमसमा संक्रमण वृद्धी हुने चिन्तामा रहेकोले इटाली सरकारले यस्तो निर्णय लिएको इटालीका प्रधानमन्त्री जुसेप्पे कोन्टेले बताए ।

उक्त कडा प्रतिबन्धलाई ‘रेड जोन’ नाम दिइएको छ । प्रतिबन्ध इटालीभर तीन चरणमा लागु हुने जनाइएको छ । पहिलो चरणमा २४ देखि २७ डिसेम्बर, दोस्रो चरणमा ३१ डिसेम्बरदेखि ३ जनवरी र त्यसपछि ५ देखि ६ जनवरीमा प्रतिबन्ध हुनेछ ।

.इटालीमा प्रतिबन्धको समयमा मानिसहरूले अत्यावश्यक काम र स्वास्थ सम्बन्धी गतिविधिका लागि मात्रै घर छाड्न पाउनेछन्। १४ वर्षभन्दा कम उमेरकाहरु घरभित्रनै रहनुपर्ने बताइएको छ । अधिकतम दुई पाहुनालाई घर बोलाउन पाउनेछन् । राती १० बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यु हुनेछ ।

क्रिसमस र नयाँ वर्षमा सार्वजनिक बिदा हुने भएपनि अत्यावश्यक कामबाहेक यात्रा गर्न नपाइने जनाइएको छ । त्यस्तै, रेस्टुरेन्ट र बारहरु सबै बन्द हुनेछन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार