रेलमार्गमा टिकटक बनाउँदा रेलको ठक्करबाट एक युवाको मृत्यु

रावलपिन्डी ।

सामाजिक सञ्जाल प्रायः युवा युवतीहरुबीच प्रख्यात ‘टिकटक’ बनाउनको लागि रेलमार्गमा हिडिरहेका एक युवाको रेलको ठक्करबाट मृत्यु भएको छ ।

पाकिस्तानको राजधानी शहर इस्लामाबादनजिकै रावलपिंडीमा शुक्रबार सो दुर्घटना भएको जनाइएको छ ।

रेलमार्ग टिकटकको अभिनय गर्न व्यस्त १८ बर्षीय हमजा नाभेदको उनको साथीले टिकटक भिडियो बनाउँदै गरेको अवस्था रेलको ठक्करबाट मृत्यु भएको स्थानीय उद्धार एजेन्सीका प्रवक्ता राजा रफाकात जमानले एएफपी समाचार समितिलाई जानकारी दिएका छन् ।

उद्धारकर्ताहरुले नाभेदलाई उद्धार गरेको अवस्थामा उनको मृत्यु भइसकेको पनि समाचारमा जनाइएको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार