अस्पताल कोरोनाका बिरामीले भरिएपछि बेड खाली गर्न इन्जेक्सन दिएर बिरामी मारेको आशंकामा चिकित्सक पक्राउ !

लिस्बन।

अस्पताल कोरोनाका बिरामीले भरिएपछि बेड खाली गर्न इन्जेक्सन दिएर बिरामी मारेको आशंकामा एक चिकित्सक पक्राउ परेका छन्।

डाक्टर कार्लो मोस्कामाथि कोरोनाक बिरामीलाई बेहोस हुने लेथल औषधिको डोज दिएर मारेको अभियोग लागेको छ।

४७ बर्षीय इटालियन चिकित्सक कार्लोलाई अस्पतालको बेड खाली गर्न दुई जना कोरोना संक्रमित मारेको अभियोगमा पक्राउ गरिएको हो।

इटालीको गत बर्ष मार्चको घटनालाई लिएर उनलाई पक्राउ गरिएको हो। कार्लोले एक नर्सलाई अस्पतालको बेड खाली गर्न व्हाट्सएपमा एक बिशेष म्यासेज पठाएका थिए। त्यतिबेला इटालीको अवस्था दयनिय थियो, अस्पतालहरु कोरोनाक बिरामीले भरिभराउ थिए, अस्पतालमा बेड खालि नहुदा बिरामीहरुलाई भुइमै सुताएर उपचार गरिएको थियो।

ति नर्सले आफ्नो सहकर्मीसंग संबाद गर्दै, ” डाक्टरले बेड खालि गर्न चाहदैमा म कुनै पनि बिरामीलाई लिथल इन्जेक्सन दिएर मार्न सक्दिन” भनेर सम्बाद गरेकी थिईन्। त्यहि सम्बाद नै अनुसन्धानको प्रमुक कडी बन्यो र इन्जेक्सन दिएपछि मृत्यु भएका दुई बिरामी मारेको अभियोगमा डाक्टर कार्लो पक्राउ परे। उनी अहिले हिरासतमा छन् र घटनाको अनुसन्धान भईरहेको छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार