बंगलादेशमा लेखकको हत्यामा संलग्न ५ जनालाई मृत्युदण्डको सजाय

ढाका।

बंगलादेशको एक अदालतले एक लेखकको हत्यामा संलग्न ५ जनालाई दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको छ ।

६ वर्षअघि चर्चित लेखक तथा ब्लगर अभिजित रोयको हत्यामा संलग्नमध्ये एक दोषीलाई भने जन्मकैदको सजाय सुनाइएको छ ।

सन् २०१५ मा बंगलादेशमा धर्मनिरपेक्ष तथा आफूलाई नास्तिक मान्ने थुप्रै लेखक तथा प्रकाशकहरुको हत्या भएको थियो ।

त्यसक्रममा सबैभन्दा पहिला अभिजित रोयको हत्या भएको थियो ।

अभिजित रोयले विज्ञान, नास्तिकता तथा धर्मको विषयमा थुप्रै किताब लेखका थिए ।

यसअघि केही दिन अघि मात्रै अभिजित रोयको किताबको प्रकाशक फैसल अरेफिन दिपनको हत्या प्रकरणमा आठ जनालाई मृत्युदण्डको सजाय सुनाइएको थियो ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार