रोकिएन भारतमा किसान आन्दोलन: रेलको लिगमै धर्ना बसेपछि रेल आवागमन प्रभावित

नयाँ दिल्ली।

भारतमा कृषि कानूनको विरोधमा विगत तीन महिनादेखि आन्दोलनरत किसानहरुले बिहीबार रेल रोकोे कायक्रम अन्तर्गत पंजाब, हरियाणा र उत्तर प्रदेशमा रेलको पटरीमा बसेर विरोध प्रदशन गरेका छन ।

प्रर्दशनका कारण रेलको आवागमन प्रभावित भएको छ ।

आन्दोलनको नेतृत्व गरिरहेको किसान मोर्चाले पंजाबका कैयौँ क्षेत्रमा किसानहरु रेलको पटरीमा बसिरहेका फोटो सार्वजनिक गरेको छ ।

दिउँसो १२ बजेदेखि ३ बजेसम्मका लागि किसानहरुले देशभर रेल रोको आन्दोलन आह्वान गरेका थिए ।

किसान आन्दोलनकारीको कार्यक्रमलाई ध्यानमा राख्दै सरकारले दिल्ली, हरियाणा, उत्तर प्रदेश तथा पञ्जाबमा सुरक्षा बढाएको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार