सोमालियामा बम विस्फोट: ५ को मृत्यु

लन्डन ।

सोमालियाको बाइडाओ शहरको एक रेस्टुराँ बाहिर भएको आत्मघाती आक्रमणमा कम्तीमा पाँच जनाको ज्यान गएको छ । शनिबार भएको आक्रमणमा अन्य ६ जनाभन्दा बढी घाइते भएका छन् ।

प्रहरीका अनुसार, सुएज क्याफ्टेरियाको बाहिर रहेका बे क्षेत्रका गभर्नर अलि वारधरलाई लक्षित गरी आक्रमण भएको हो । विस्फोटबाट उहाँ भने सुरक्षित रहनु भएको छ । प्रहरीले वारधरका कम्तीमा दुई जना अंगरक्षक घाइते भएको जनाएको छ ।

प्रत्यक्षदर्शी अमिन म्याडीले निकै शक्तिशाली देखिएको बिस्फोटको आवाज शहरका सबैजसो ठाउँमा सुनिएको र मानिसलाई आतंकित बनाएको बताउनुभयो । आतंकवादी संगठन अल–कायदा समर्थित अल–शबाबले उक्त आक्रमणको जिम्मेवारी लिएको छ । यस संगठनले अफ्रिकी मुलुकहरुमा इस्लामिक शासन स्थापना गर्ने भन्दै सशस्त्र हिंसात्मक आन्दोलन गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार