मास्क नलगाएको फोटो फेसबुकमा राख्दा प्रधानमन्त्रीलाई २३ हजार जरिवाना !

काठमाडौँ।

सार्वजनिक बैठकमा भाग लिँदा मास्क नलगाएपछि थाइल्याण्डका प्रधानमन्त्रीले जरिवाना तिर्नु परेको छ । प्रयुत चान ओचाले सोमबार ६ हलार भाट अर्थात करिब २३ हजार नेपाली रुपैयाँ जरिवाना तिरेका हुन् ।

अन्तर्राष्ट्रिय मिडियाहरुमा आएका खबर अनुसार प्रधानमन्त्री प्रयुतले सोमबार कोभिड–१९ रोकथाम, नियन्त्रण सम्बन्धी एक बैठकको अध्यक्षता गरेका थिए । त्यो तस्बिर उनले आफ्नो आधिकारिक फेसबुक पेजमा राखे ।

थाइल्याण्डमा मास्क लगाउन अटेर गर्नेलाई देशैभर जरिवाना तोकिएको छ । सर्वसाधारणलाई जरिवाना तोकेको अवस्थामा प्रधानमन्त्रीले मास्क नलगाई बैठकमा बसेको तस्बिर सार्वजनिक गरेपछि चर्काे आलोचना भएको थियो । उनले नियम तोडेकाले जरिवाना तिर्नुपर्ने माग भएको थियो ।

आफ्नो चर्काे आलोचना भएपछि उनले बैंककका एक प्रहरी अधिकारी समक्ष ६ हजार भाट जरिवाना तिरेको जानकारी बैंककका गभर्नर आश्विन क्वानमुआङले दिएका छन् ।

आलोचनापछि प्रधामन्त्री ओचाले फेसबुक पेजबाट त्यो तस्बिर पनि हटाएका छन् ।

थाइल्याण्डमा सोमबार करिब २ हजार नयाँ संक्रमित थपिँदा ८ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार