अनलाइनबाट स्याउ किन्दा आइफोन डेलिभरी

लन्डन।

बेलायतका एक व्यक्तिले अनलाइनबाट स्याउ अर्डर गरे । तर जब डेलिभरी भयो, तब खोलेर हेर्दा बक्समा एप्पलको आइफोन देखियो ।

५० वर्षका निक जेम्सले अनलाइन ग्रोसरी वेबसाइटबाट स्याउ अर्डर गरेका थिए ।

त्यसपछि उनी आफ्नो सामान लिन कम्पनीको स्थानीय स्टोरमा गए । उनको सामानका साथमा उनले एक सरप्राइज बक्स पाए । उनले त्यहीँ खोलेर हेरे, जहाँ उनले एक आइफोन पाए ।

यसको जानकारी उनले सामाजिक सञ्जाल ट्वीटरमा दिएका छन् । उनले भने स्याउ मगाउँदा आइफोन आयो ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार