न्यूजिल्याण्डसँग भारत पराजित – मुन्रो र बोल्ट चम्किए

New Zealand’s cricketer Trent Boult celebrates the dismissal of India’s Shikhar Dhawan during the second Twenty20 cricket cricket match in Rajkot, India, Saturday, Nov. 4, 2017. (AP Photo/Rajanish Kakade)

कात्तिक १९ – न्यूजिल्याण्डले भारतसँगको ट्वेण्टी–ट्वेण्टी क्रिकेट एक–एकको बराबरीमा पुर्याएको छ । दोश्रो ट्वेण्टी–ट्वेण्टीमा भारतलाई ४० रनले हराउँदै न्यूजिल्याण्डले तीन खेलको श्रृङ्खला एक–एकको बराबरीमा पुर्‍याएको हो ।

न्यूजिल्याण्डको जितमा कोलिन मुन्रोको विष्फोटक ब्याटिङ र ट्रेन्ट बोल्टको बलिङको मुख्य भूमिका रह्यो । ५८ बल खेलेका मुन्रोले ७ छक्का र ७ चौकाको मद्दतमा नटआउट १ सय ९ रन बनाएपछि न्यूजिल्याण्डले २० ओभरमा २ विकेट गुमाएर १ सय ९६ रन बनाएको थियो ।

१ सय ९७ रनको लक्ष्यसहित जवाफी ब्याटिङ थालेको भारतले २० ओभरमा ७ विकेट गुमाएर १ सय ५६ रन मात्र बनाउन सक्यो । भारतका कप्तान विराट कोहलीले ६५ र महेन्द्रसिंह धोनीले ४९ रन बनाए पनि टीमलाई जिताउन सकेनन् । श्रेयस आयरले २३ रन बनाए भने बाँकी ब्याट्स्म्यान दोहोरो अकंमा रन नजोडी पेविलियन फर्किए । न्यूजिल्याण्डका ट्रेन्ट बोल्टले ४ विकेट लिए । भारत र न्यूजिल्याण्डको तेश्रो तथा श्रीङ्खलाको अन्तिम ट्वाण्टी ट्वाण्टी क्रिकेट आउँदो मंगलबार हुँदैछ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार