पत्रकार महासंघ यूकेको कोषाध्यक्षमा एभरेस्ट अनलाइन प्रमुख गुरुङको उम्मेदवारी

लन्डन ।

नेपाल पत्रकार महासंघ यूकेको कोषाध्यक्ष पदमा एभरेस्ट टाइम्स अनलाइनका प्रमुख सविन्द्र कुमार गुरुङले उम्मेदवारी दिएका छन् ।

आगामी जुन १३ तारिखमा हुने महासंघको चुनावका लागि प्रमुख गुरुङले उम्मेदवारी दिएका हुन् ।

माछापुच्छ्रे ८, पोखरा कास्कीका सविन्द्र कुमारले सन् २०११ मा एभरेष्ट टाईम्स युके साप्ताहिकका पाठकहरुको ध्यानमा राख्दै र अनलाइन पत्रकारिताको विकासका लागि पहिलो पटक everesttiems.net सञ्‍चालन गरेका थिए ।

हालसम्म एभरेस्ट अनलाइन प्रमुख रहेका गुरुङ तमुधि यूके र बुद्धिस्ट कम्युनिटी सेन्टर यूकेको मिडिया सेक्रेटरीको भूमिकामा छन् ।

सन् २००८ बाट बेलायत बस्दै आएका गुरुङले मर्दिखोला समाज यूकेको प्रवक्ता जिम्मेवारी पनि सम्हालिरहेका छन् ।

नेपाल, हङकङ हुँदै बेलायत बसोबास गरेका उनी ती देशहरुमा बसोबास गर्ने नेपालीमाझ परिचित व्यक्ति हुन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार