रिबन काट्न कैंचीले काम नगरेपछि दाँतैले काटे मन्त्रीले (भिडियो)

काठमाडाैं|

पाकिस्तानको पञ्जाब प्रान्तको कारागारमन्त्री फयाज अल हसन चोहानले एउटा पसलको उद्घाटन समारोहमा दाँतैले रिबन काटेका छन् ।

त्यसको भिडियो मन्त्री फयाज आफैंले ट्विटर ह्यान्डलबाट शेयर गरेका छन् ।

शोरूमको उद्घाटन गर्न पुगेका मन्त्रीले कैंची चलाएपनि रिबन काटिएको थिएन । त्यसपछि उनले रिबनलाई हातले समाते अनि दाँतैले टोकेर रिबन काटे । उनको यस्तो हर्कत देखेर अरू मानिस मज्जैले हाँसे ।

भिडियो शेयर गर्दै फयाजले लेखे, ‘आफ्नो विधानसभा क्षेत्रमा पसल उद्घाटन गर्ने अनौठो तरिका । कैंची भुत्ते र खराब थियो । पसलेलाई लाजमर्दो भएपछि मैले बनाए नयाँ विश्व कीर्तिमान ।’

यसको भिडियो भाइरल बनिरहेको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार