हङकङमा प्रजातन्त्र समर्थकलाई १३ महिनाको जेल सजाय

हङकङ |

हङकङको एक अदालतले प्रजातन्त्रवादी कार्यकर्ता र व्यापारी लाई छि-यिङलाई सोमबार १३ महिनाको जेल सजाय सुनाएको छ। गत वर्ष थ्यानआन मन घटनाको स्मृतिमा आयोजना गरेको प्रदर्शनीमा भाग लिन आग्रह गरेको अभियोगमा उनलाई यस्तो सजाय सुनाइएको हो।

चीनको अर्ध स्वायत्त हङकङमा भएको प्रदर्शनलाई नियन्त्रण गर्न कडा कारबाही भइरहेका वेला अदालतको यो निर्णय आएको हो।

जिल्ला अदालतले अन्य सातजनालाई पनि यस्तै आरोपमा दोषी ठहर गर्दै १२ महिनाको जेल सजाय सुनाएको छ।

हङकङ सरकारले महामारी नियन्त्रण प्रयासको आधारमा प्रदर्शनमा प्रतिबन्ध लगाएको थियो।

‘एप्पल डेली’ अखबारका संस्थापक लाई प्रजातन्त्र समर्थक र्‍यालीमा भाग लिएको आरोपमा यसअघि नै जेलमा बन्द छन् र उनले कुल २० महिना जेल सजाय भोग्नुपर्नेछ। लोकतन्त्र समर्थक उक्त पत्रिका अहिले बन्द भइसकेको छ।

लाईलाई सन् १९८९ मा पेकिङको थ्यानआन मन स्क्वायरमा प्रजातन्त्र समर्थकहरूमाथि सैन्य कारबाहीको विरोध गरी प्रदर्शनमा भाग लिन अरूलाई उक्साएको अभियोगमा दोषी ठहर गरिएको हो।

७३ वर्षीय ईसँगै वकिल चो हाङ थुङ र पूर्व संवाददाता क्विनत होलाई पनि दोषी ठहर्‍याइएको छ। ली च्यूक यानलाई पनि सोमबार सजाय सुनाइएको थियो।

लाईलाई गत वर्ष गैरकानुनी भेला गरेको आरोपमा १४ महिना जेल सजाय सुनाइएको हो। प्रहरीले चेतावनी दिँदादिँदै पनि हङकङको भिक्टोरिया पार्कमा हजारौंले मैनबत्ती बालेर प्रजातन्त्रको समर्थनमा गीत गाएका थिए।

प्रहरीले लाईको २३ लाख डलरको सम्पत्ति जफत गरेपछि पत्रिका जुनमा बन्द गर्नुपरेको थियो। पत्रिकाको कार्यालयमा छापा मारेर पाँचजना उच्च अधिकारीलाई पक्राउ गरिएको थियो।

प्रहरीले उनीहरूलाई विदेशी मुलुकसँग मिलेर राष्ट्रिय सुरक्षामा आँच पुर्‍याएको आरोप लगाएको थियो। प्रजातन्त्र समर्थकको समूह ‘हङकङ अलायन्स’ पनि सेप्टेम्बरमा विघटन गरिएको थियो।

उक्त समूहले विदेशी स्वार्थका लागि काम गरिरहेको सरकारको आरोप थियो। समूहका नेताहरूले भने सरकारी आरोप अस्वीकार गर्दै आएका छन्।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार