मोदी नेतृत्वको सरकारका मन्त्रीले खुल्ला ठाउँमा पिसाब गरेपछि (भिडियो)

नयाँ दिल्ली । नरेन्द्र मोदी नेतृत्वको सरकारका एक मन्त्रीले खुल्ला ठाउँमा पिसाब गरेको भिडियो सामाजिक सञ्जालमा भाईरल बनेको छ ।

भारतीय सत्तारूढ पार्टीका मन्त्री राम शिन्दीले खुल्ला ठाँउमा शौच गरेको भिडियो विश्व ट्वाइलेट दिवसको दिन सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । भिडियो सार्वजनिक भएको केही समयमै हजारौंले शेयर गरेपछि विश्वभर नै उक्त विषयले चर्चा पाएको छ ।

मन्त्रीको यस गतिविधि पश्चात नरेन्द्र मोदी सरकारको घर घरमा शौचालय अभियान असफल भएको दाबी प्रतिपक्षले गरेको छ।

उनी भारतका प्रान्तीय मन्त्री हुन्। गत साता भ्रमणका क्रममा आफू धेरै अप्ठ्यारो परिस्थितिमा परेकाले सार्वजनिक स्थानमा नै शौच गरेकोलाई मन्त्री स्वंयम् पनि स्वीकार गरेका छन्।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले घर घरमा शौचालय कार्यक्रम अगाडी बढाइरहे कै समयमा उनकै सरकारका मन्त्रीले गरेको यस्तो हर्कतले विश्वलाई नै अचम्मित पारेको छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार