एजेन्सी। तीन वर्षसम्म आतंकवादी संगठन इस्लामिक स्टेट (आइएस) को अत्याचार झेलेपछि एक यहुदी महिलाले आफूमाथि भएको बर्बरताको खुलासा गरेकी छन्। आइएसद्वारा यी महिलामाथि भएको अत्याचारको कहानी यस्तो छ, जसलाई सुनेर तपाइँको होस उड्न सक्छ।
नादिया मुराद नामकी यी महिला उत्तरी इराकको निनेवेह प्रान्तको कोचो गाउँकी हुन्। यो गाउँ सीरियाको सीमा क्षेत्रसँग टाँसएको सिंजार नजिकै पर्छ। यहुदी अल्पसंख्यक समुदायकी यी महिलालाई २०१४ मा सुन्नी सुन्नी कट्टरपन्थी संगठन आइएसले अपहरण गरेको थियो।
अपहरणपछि उनलाई बन्धन बनाइयो। मुदारका अनुसार त्यो बेला उनको उमेर मात्र २१ वर्षको थियो। आइएसले उनलाई यौन दासी बनाएको थियो।
प्रत्येक पटक सामुहिक बलात्कार
आतंकवादी संगठनको चंगुलमा पुगेपछि आइएसका लडाकुले मुरादबाट आफ्नो यौन प्यास मेटाउँथे। भाग्यवस आइएस आतंकवादी संगठनबाट भाग्न सफल मुरादले आफूमाथि भएको बर्बरताका विषयमा एक पुस्तक लेखेकी छन्। ‘द लास्ट गर्लः माई स्टोरी अफ क्याप्टिविटी एण्ड माई फाइट अगेन द इस्लामिक स्टेटे’ पुस्तकमा उनले आफूमाथि भएको दर्दनाक अत्याचारको बयान गरिएको छ।
उनले आफ्नो पुस्तकमा आफू भाग्दा भग्दै पक्राउ परेपछि प्रत्येक पटक सामुहिक बलात्कार हुने गरेको उल्लेख गरेकी छन्। यतिबेला मुराद जर्मनीमा छिन्। उनले आफ्नो पुस्तकमा कयौं पटक आइएसको चंगुलबाट भाग्ने प्रयास गरेको तर प्रत्येक पटक पक्राउ परेको उल्लेख गरेकी छन्। भाग्दा भाग्दै पक्राउ परेपछि आफूमाथि सामुहिक बलात्कार हुने गरेको पुस्तकमा उल्लेख छ।
मुरादले एक पटक आइएसको चंगुलबाट भाग्न बुर्का लगाएर भाग्ने कोशिस गरेकी थिइन्, त्यहाँको गार्डले उनलाई पक्राउ गरेर ६ जना आइएस लडाकुको जिम्मा लगाइदियो। ती लडाकुले उनलाई पिट्नुकासाथै सामुहिक बलात्कार पनि गरे।
त्यतिमात्र होइन, उनलाई एक एक जनाले पालैपाले बलात्कार गर्दा उनी बेहोस भएकी थिइन्। त्यसपछि ती ६ जना लडाकुले उनलाई अन्य लडाकुलाई जिम्मा लगाए र उनीहरुले पनि पालैपालो उनलाई बलात्कार गरे। यी लडाकुले उनलाई आफूसँगै लिएर जान्थे। यही क्रममा उनी मासुलबाट भागेर शरणार्थी क्याम्पसम्म पुग्न सफल भइन्।
















