एजेन्सी। चुरुमा एक पिताले आफ्नो छोरी गरेको समाचारपछि अब भारतको झुन्झुनूमा श्रीमानको घटिया हर्कत सार्वजनिक भएको छ। झुन्झुनूका एक व्यक्तिले आफूले लिएको ऋण चुक्ता गर्न नसकेपछि ऋण तिर्नुपर्ने व्यक्तिलाई आफ्नी श्रीमतीको अस्मिता सुम्पिएका छन्।
भारतीय संचारमाध्यमका अनुसार आफूले लिएको ऋण तिर्न नसकेपछि श्रीमानले श्रीमतीको अस्मितानै साहुलाई सुम्पिएका हुन्। प्रहरीमा आइतबार पीडित श्रीमतीले दाइजो नदिएको विषयमा आफूलाई यातना दिएको र आफूलाई जर्बजस्ती सात जनासँग शारीरिक सम्बन्ध बनाउन लगाएको भन्दै उजुरी दर्ता गराएकी छन्।

प्रकाशको मृत्युपछि छोराका २ श्रीमती र नातीहरु यसरी मिलाए प्रचण्डले !
उजुरीमा पीडित श्रीमतीले आफ्नो विवाह १७ जुलाई २०१३ मा चिडावा निवासी युवकसँग भएको र आफ्ना बाबु आमाले आफ्नो अनुसारको दाइजो पनि दिएको उल्लेख गरेकी छन्। तर दाइजो कम दिएको भन्दै सासु, ससुरा नन्द र श्रीमानले आफूलाई यातना दिने गरेको बताइन्। उनले अगस्ट २०१६ मा श्रीमानले राति मदिरा सेवन गरी कोठामा आएको र उनीसँगै आएका अर्का युवकसँग श्रीमानले आफूले ऋण तिर्न नसक्ने बताएका थिए।
श्रीमानले आफूले ऋण तिर्न नसक्ने बरु त्यसको बदलामा श्रीमतीको अस्मिता सुम्पिने बताएका थिए। त्यसपछि उसले आफ्नी श्रीमतीको अस्मिता ऋण तिर्नुपर्ने व्यक्तिलाई सुम्पिएका थिए। आफूमाथि भएको ज्याजतीका विषयमा उनले माइती पक्ष र ससुरालाई पनि सुनाएकी थिइन्। तर उनको कुरा कसैले पनि सुनेनन्।
तर उनीमाथि सात जना युवाहरुले बारम्बार बलात्कार गरिनै रहे। सो घटना हुन थालेको एक महिनापछि उनलाई लिन भाइ गएका थिए। तर सो घटना बाहिर ल्याउँदा इज्जत जाने डरले घटना बाहिर नल्याएको उनले जनाइन्। तर १७ नोभेम्बरदेखि श्रीमानले फेरि यातना दिन सुरु गरे। त्यसपछि मात्रै उनले प्रहरीमा उजुुरी दर्ता गराएकी थिइन्।
















