इस्वी सम्बत नयाँ बर्षको पहिलो दिन जनवरी १ तारिख मनाउदै आइएको अन्तर्राष्ट्रिय टोपी दिवस पोर्तुगलमा पनि भब्यरूपमा सम्पन्न भएको छ । सन् २०१३ को जनवरी १ तारिखबाट शुरु भएको यो छैटौं अन्तर्राष्ट्रिय टोपी दिवस हो । एनआरएनए पोर्तुगलको अगुवाई र नेप्लिज जर्नालिस्ट क्लब पोर्तुगल लगायत विभिन्न नेपाली संघ-संस्थाहरुकोको सक्रिय सह...





