क्याटलोनियाको सम्भावित स्वतन्त्रता विरुद्ध वार्सिलोनामा हजारौंको प्रर्दशन, हस्तक्षेप गर्न स्पेन सरकारलाई आग्रह

एजेन्सी । स्पेनबाट छुटिने तयारीमा रहेको भनिएको क्याटलोनियाको निर्णय विरुद्ध बार्सिलोनामा प्रर्दशन गरिएको छ । दशौं हजार मानिसहरुले स्पेनको झण्डा फहराउँदै क्याटलोनियाको सम्भावित स्वतन्त्रता विरुद्ध प्रर्दशन गरेका हुन् ।

प्रदर्शनलाई स्पेनका राजनीतिज्ञ र प्रख्यात व्यक्तिले सम्बोधन गरेको विविसिले जनाएको छ । प्रदर्शनकारीहरुलाई सम्बोधन गर्दै पूर्व सरकारका एकजना मन्त्री जुजेप बोरेलले क्याटलानहरुले शान्त र संवदेशनशील भएर निर्णय गर्ने क्षमता पुनर्जिवित गनुपर्ने बताए । उपन्यासकार मारियो वार्गस लोस्साले कुनै पनि स्वतन्त्रता आन्दोलनले स्पेनी प्रजातन्त्र ध्वस्त गर्न नसक्ने धारणा राखेका थिए ।

विवादास्पद जनमत संग्रहको एक सातापछि उक्त प्रदर्शन गरिएको हो । प्रर्दशनकारीहरुले कानूनको उलंघन भएको बताउँदै स्पेन सरकारलाई क्याटलोनियाको अभियानमा हस्तक्षेप गर्न आग्रह गरेका छन् । प्रदर्शनकारीहरुले स्वतन्त्रता अस्वीकार गर्ने मौन बहुमतको आफूहरुले प्रतिनिधित्व गर्ने बताएका छन् ।

क्याटलान अधिकारीहरुले मतदानको अधिकार भएका आधाभन्दा कमले जनमत संग्रहमा भाग लिएको स्वीकार गरेका छन् । र, त्यसले स्वतन्त्रताको पक्षमा स्पष्ट समर्थन देखाएको थियो । क्याटलान संसद्ले त्यसबारे मंगलवार छलफल गर्ने कार्यक्रम राखेको छ । स्पेन सरकारले स्वतन्त्रताको घोषणा भए त्यसलाई कार्यान्वयन हुन नदिने चेतावनी दिएको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार