बिना हेल्मेट एउटै बाइकमा पाँच जना सवार देखेपछि प्रहरीले गरे ‘नमस्कार’

एजेन्सी । एकै परिवारका पाँच सदस्य सवार भएको एउटा बाइकलाई रोकेर प्रहरीले चालकलाई नमस्कार गरेको तस्वीर भारतीय सोशल मिडियामा भाइरल भएको छ ।

भारतकै एक प्रहरी अधिकारीले मंगलबार ट्विटरमार्फत सार्वजनिक गरेको उक्त तस्वीरलाई पाँच हजारभन्दा बढी पटक ‘रि–ट्वीट’ गरिएको छ । त्यस्तै झण्डै १० हजार जनाले तस्वीरलाई ‘लाइक’ गरेका छन् भने यो समाचार तयार पार्दासम्म ३ सय ७२ ‘कमेन्ट’ छन् ।

उक्त तस्वीर आन्ध्र प्रदेशको अनन्तपुर जिल्लामा लिइएको हो । बेंग्लोरका पूर्वी भेगका डीसीपीले ट्विट गर्दै लेखेका छन्, ‘यसले ९पुलिकसकर्मी० अरु के नै गर्न सक्छ र रु हामीसँग सँधै एउटै विकल्प हुन्छ, हमेशा सुरक्षित विकल्प चुन्ने ।’

तस्वीरमा बच्चासमेत पाँच जना सवार छन् । चालकले हेलमेटसमेत लगाएका छैनन् । बाइक चालकको नाम हनुमन्थ रायडु रहेको बताइएको छ । उनी आफ्नो परिवारका साथ कतै गइरहेको समयमा प्रहरी चेकिङमा परेका हुन् ।

बी शुभकुमार नाम गरेका प्रहरीले उनलाई रोक्नासाथ नमस्कार गरेका हुन् । शुभकुमार भन्छन्, ‘बाइकमा पाँच जना बसेको, त्यसमा पनि चालकले हेलमेट नलगाएको देखेर मैले नमस्कारबाहेक अरु केही गर्नै सकिनँ ।’

हनुमन्थले यसअघि नै बारम्बार ट्राफिक नियम तोडेको बताइन्छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार