सन्नी लियोनले बिर्सनै नसकेको त्यो घटना

एजेन्सी, २७ असोज । फिल्म ‘वन नाइट स्टाण्ड’ को सुटिङका दौरान सन्नी लियोन एक घटनाको शिकार भइन् ।

एक रोमान्टिक गीतको सुटिङका क्रममा एक्टर विरमानी तनुजसँग बीचमा सुटिङ गर्नु थियो । मौसब निकै खराब रहेको थियो ।
समुन्द्रका छालहरु उर्लिएर आउन थालेका थिए । यसै क्रममा सन्नी लियोन र तनुज दुवैलाई पानीको छालले बगाएर लगेको थियो ।

फिल्मको सुटिङ स्थलमा रहेका रेस्क्यु टोलीले उनीहरुलाई पानीबाट बाहिर निकाल्न सफल भएको थियो ।
यस घटना पश्चात सन्नी लियोनको स्वास्थ्य स्थिति निकै बिग्रिएको थियो । यो घटनालाई आजसम्म पनि उनले बिर्सिन सकिरहेकी छैनन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार