नक्कली कागजातको अभियोगमा लिस्बोन एयरपोर्टमा एक व्यक्ति पक्राउ

नक्कली कागजातकोमा यात्रा गरेको अभियोगमा पोर्तुगलको अध्यागमन प्रहरी (सेफ) ले लिस्बोन एयरपोर्टबाट एकजना बिदेशी नागरीकलाई पक्राउ गरेको छ।

 

नाम उल्लेख नगरिएका २१ बर्षीय ति बिदेशी नागरिकले ग्रिसको परिचय बोकेका थिए।आयरल्याण्ड डब्लिनको लागि लिस्बोनबाट उड्ने क्रममा शंका लागेपछि सेफले रोकेर चेकजाच गर्दा उनसंग भएको परिचय पत्र र अन्य कागजात नक्कली भएको सेफले ठहर गरेको छ। उनको साथमा ग्रिसको नक्कली चालक अनुमति पत्र समेत भएको बुझिएको छ।

सेफले ति यात्रुसंग भएका सम्पूर्ण कागजात जफत गरेको छ भने आवश्यक कानुनी कारवाहीको लागि उनलाई अदालतमा पेश गरिएको सेफले जनाएको छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार