यस्तो गाउँ जहाँ महिलाको कपाल हेर्नकै लागि पर्यटक पुग्छन्

एजेन्सी,
चीनको गुआन्ग्झी प्रान्तस्थित हुआन्गुलो गाउँ लामो कपाल भएका महिलाको गाउँ हो । उक्त गाउँका ८० जना महिला यस्ता छन, जसको कपालको लम्बाइ १.४ मिटरदेखि २.२ मिटरसम्म छ ।

महिलाहरूको लामो कपालकै कारण यो गाउँ संसारमा चर्चित छ । महिलाको कपाल हेर्नकै लागि वर्षेनी ८० हजार पर्यटक उक्त गाउँमा पुग्ने गरेका छन् । महिलाहरू प्रायः रातो रङको कपडा लगाउँछन् । त्यसैले ती महिलाहरुलाई ‘रेड याओ’ पनि भनिन्छ ।

यो गाउँमा सन् १९८७ सम्म त्यहाँका महिलाले आफ्नो कपाललाई खुल्ला बाहिर देखाउँदैनथे । केवल महिलाले पति र आफ्ना छोराछोरीका अगाडि मात्र कपाल देखाउने चलन थियो ।

तर, समय बदलिँदै गयो । कपाल छोप्ने परम्परा मात्र हटेन, महिलाको त्यो कपाल गाउँको गौरव बनेको छ । र, यसले गिनिज बुकमा आफ्नो नाम दर्ज गराइसकेको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार