नेपाली इन्जिनियर किर्तीबहादुर थापाले युगाण्डा अफ्रिकामा बनाए यस्तो नमुना सडक

नेपाल सरकारले नेपालका सामान्य सडक बनाउन समेत ठेक्का बिदेशी कम्पनीलाई दिईरहदा नेपाली इन्जिनियर किर्तीबहादुर थापाको नेतृत्वको टिमले युगान्डामा बनाएको सडकले एक पल्ट सोच्न बाध्य बनाएको छ।

तस्बिर श्रोत : हिक्मत थापा

नेपालीहरु भन्ने बित्तिकै विदेशमा सस्तो ज्यालामा काम गर्न जाने भनेर प्रचार भएको छ। नेपालीहरुको दक्षता – क्षमतालाई नेपाल सरकारले उचित स्थान नदिँदा र पहिचान गर्न नसक्दा कतिपय दश जनशक्ति विदेश पलायन हुन परिरहेको छ।

विदेशी भूमिमा कतिपय नेपालीहरुले आफूलाई अब्बल मात्रै सावित गरेका छैनन्। सारा नेपालीको शिर ठाडो पार्ने काम पनि गरेका छन्। धेरै नेपालीहरु विदेशका उच्च ओहदामा,महत्वपूर्ण जिम्मेवारीमा बसेका छन्। जसले आफ्नो क्षमता देखाएर सबैको मन जितेका छन्।

नेपालका थुप्रै सान-ठूला विकाश निर्माणका कामहरु,राष्ट्रिय गौरवका आयोजनाहरुमा विदेशीको मुख ताक्छ नेपाल सरकार ।
तर,नेपालीले विदेशी भूमिमा आफ्नो अद्भत क्षमता देखाएर नेपालीहरुले पनि अवसर पाएमा कुनै कुरामा कम छैनन् भनेर प्रमाणित गरिसकेका छन्।

अफ्रिकि मुलुक युगाण्डामा नेपाली इन्जिनियर किर्तिबहादुर थापाको नेतृत्वमा बनाएको सडकले युगाण्डामा मात्रै होइन अन्य देशहरुमा पनि चर्चा पाएको छ।

यस्ता दक्ष होनाहार नेपालीका छोराछोरीलाई नेपाल सरकारले देशका राष्ट्रिय आयोजनाहरुमा विश्वास गरेर नेपाल बनाउँने जिम्मा किन नदिने ?

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार