अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्विटर अकाउन्ट केही समयका लागि बन्द भएर फेरि खुलेको छ ।ट्विटरका अनुसार, एकजना असन्तुष्ट कर्मचारीले राष्ट्रपतिको अकाउन्ट हटाइदिएका थिए । ती कर्मचारीको ट्विटरमा अन्तिम दिन थियो ।

यसरी ट्रम्पको अकाउन्ट डिलिट हुँदा अकाउन्टमा कसले पहुँच राख्छ र कसले मन पराउँछ भन्ने विषयमा प्रश्न उठेको छ । यसले अन्तर्राष्ट्रिय घटनाक्रमलाई सजिलै प्रभावित पार्ने देखिन्छ ।
‘ट्विटरको कस्टम सपोर्ट कर्मचारीले आफ्नो जागिरको अन्तिम दिन यसो गरेको हामीले थाहा पाएका छौं । हामी यसको आन्तरिक समीक्षा गर्दैछौं,’ ट्विटरले ट्वीट ग–यो ।
दश मिनेट जति डिलिट भएपछि अहिले भने अकाउन्ट पुनःस्थापित भएको छ तर अचम्मका कुरा भएका छन् । राष्ट्रपतिका सबै फलोअरहरू रिसेट भएका छैनन् ।
एजेन्सी
















