प्रकृतिले यो धर्तीलाई अचम्मै तरिकाले सजाएकी छिन।प्रकृतिका सबै अद्भत उपहारहरु,रहस्यमयी चिजहरु छोटो जिवनमा देख्न,बुझ्न असम्भब नै छ।
हामी पानाखबरका पाठकहकहरुलाई प्रकृतिका यस्ता थुप्रै रहस्यमी र अचम्म लाग्दा वस्तु, ठाउँ र चिजहरुको बारेमा सक्दो जानकारी दिने कोसिश गर्नेछौं।

यस्तै एउटा अचम्मको रुख अफ्रिकाको मादागास्करमा छ। जसको नाम हो ‘बाओबा’ रुख। यो रुख एकदमै बलियो हुन्छ। तिस मिटर अल्लो र एघार मिटर चौडाइको यो रुख निकै आकर्षक देखिन्छ।
यो रुखको पहिलो बिशेषता भनेको यसलाई झट्ट हेर्दा उल्टो झैँ देखिन्छ। फेद माथी र जराको भाग माथी भए झैँ।
यो रुखमा छ महिना पात पलाउँछ र बाँकी ६ महिना उजाड देखिन्छ। लगभग १२०० बर्ष पुरानो यो रुखले एक लाख १७ हजार तिनसय ४७ लिटर भण्डारण (स्टोरेज) १२०० बर्ष पुरानो यो रुखले एक लाख १७ हजार तिनसय ४७ लिटर जम्मागर्ने क्षमता राख्छ।
















